२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा धेरै कुष्ठरोगी

मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी भेटिएका छन्।

गत आर्थिक वर्ष २०७७/०७८ मा मोरङमा भेटिएका १ सय १६ जनामध्ये विराटनगरमा मात्रै ५१ जना रोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।  

जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भेटिएका १ सय १६ कुष्ठरोगीमध्ये कटहरीमा ४, बेलबारीमा ५, रंगेलीमा ८, पथरीशनिश्चरेमा ४, रतुवामाईमा ८, सुनबर्षीमा ६, उर्लाबारीमा ६, सुन्दरहरैँचामा ७, बुढीगंगामा १, धनपालथानमा ६, ग्रामथानमा १, जहदामा ४ र कानेपाखरीमा ५ जना रहेका छन्।

कुष्ठरोग सरेको २ वषदेखि ५ वर्षभित्र यसको चिन्ह र लक्षण देखा पर्छ। कुष्ठरोगी बिरामीसँग सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने सम्भावना रहेको कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिए। औषधिको सेवनबाट यो रोग निको हुने राजवंशीले बताए।

प्रकाशित: ५ आश्विन २०७८ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App