१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

घुँंडा फेर्ने अपरेसन सफल

निकै संवेदनशील मानिने घुँडा फेर्ने अपरेसन गर्न भक्तपुर इन्टरनेसनल हस्पिटल सफल भएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटी निवासी चन्द्रलक्ष्मी कक्षपतिको घुँडा फेर्न अस्पताल सफल भएको हो। निकै ठूलो मानिएको पूर्ण रूपमा घुँडा फेर्न अस्पताल सफल भएको हो। अस्पतालको हाडजोर्नी विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठ अध्यक्षताको टिमले अपरेसन सफलतापूर्वक सम्पन्न गर्न सफल भएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले अस्पताले हाडजोर्नी विषयलाई विशेष प्राथमिकता दिँदै आएकाले यो सफलता मिलेको बताए। हाडजोर्नीसम्बन्धी सम्पूर्ण सेवा तथा अपरेसन गर्ने लक्ष्यका साथ अगाडि बढेको अस्पतालले अबका दिनमा कुनै बिरामी भक्तपुर छाडेर अन्यत्र जानु नपर्ने गरी अगाडि बढेको उनको दाबी छ। उनका अनुसार अस्पतालले हाडजोर्नी, मुटुरोग, न्युरोलाजी, युरोलाजी विशेषलाई विशेष प्राथमिकता दिँदै आएको छ। अस्पतालले आधुनिक विशेष प्रकृितको अपरेसन मेसिनहरू प्रयोग गरी विभिन्न  रोगको विशेषज्ञ डाक्टरहरूबाट सेवा दिइरहेको समेत उनले जानकारी गराए।

प्रकाशित: ४ आश्विन २०७८ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App