६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ८८ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४७ र ६ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४८, मोरङमा १ सय २२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ। झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसतासी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाह्रदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १–१ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ। प्रदेश १ मा बिहीबार  २ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ३० महिला र १ सय ३१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७८ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App