८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रसुवाको स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालन

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुस्थित स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालनमा आएको छ। ल्याब नहुँदा जिल्लाको माथिल्लो क्षेत्रमा बासिन्दा सदरमुकाम धुन्चेसम्म आउन पर्ने बाध्यता थियो।  

ल्याबमा रगत, दिशापिसाब, खकार, कोभिड–१९ को एन्टिजेन तथा पिसिआर कलेक्स लगायत रुटिन टेष्ट हुनेछ। बिरामीलाई सामान्य सुगर, जन्डिस, टाइफाइड, ब्लडग्रुपिङ जस्ता परीक्षण गर्नका लागि जिल्ला अस्पताल जानुपर्ने समस्या हटेको स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले जानकारी दिए। उनका अनुसार ल्याब सञ्चालनमा आएसँगै बिरामीको रोग निदान भइ उपचार हुनेछ।  

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले शुक्रबार ल्याबको उद्घाटन गरेका हुन्। साथै गाउँपालिकाका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्षले पालिकाअन्तर्गत रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचयपत्र, झोला, छाता हस्तान्तरण गरेका छन्।

प्रकाशित: २५ भाद्र २०७८ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App