१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पदाधिकारीको सुविधाका लागि वाणिज्य संघ र अस्पतालबीच सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र जिल्लाकै कौशलटारस्थित भक्तपुर ईन्टरनेशनल अस्पतालबीच आइतबार सम्झौता भएको छ। संघका सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचारलगायत प्रयोगशाला परीक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकस्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुटसहित सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो। सम्झौतामा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष प्रदीप श्रेष्ठ र अस्पतालको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामजीकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।  

उक्त अवसरमा संघका अध्यक्ष प्रदीप श्रेष्ठले सम्झौताले संघका सदस्यहरुलाई अस्पतालले राम्रो सेवा प्रदान गरी शुल्कमा पनि  विशेष सहुलियत दिने भएको हुनाले यसले राम्रो र सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे। यस सम्झौता पश्चात संघका सम्पूर्ण बहालवाला सदस्यहरुलाई प्रिभिलेज्ड् कार्ड प्रदान गरिने हुनाले यसबाट आफना सदस्यहरु अनावश्यक झमेलाबाट जोगिने पनि उनले बताए।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रामजीकुमार श्रेष्ठले समझौताले अस्पताल र संघबीच रहेको सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्सास लिंदै अस्पतालले गुणस्तरीय सेवा प्रदानमा कुनै कमी नगर्ने विश्वास दिलाए। 

प्रकाशित: २० भाद्र २०७८ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App