१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

संक्रमितभन्दा निको हुने बढी, २३ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोभिड १९ का १ हजार ७५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। मन्त्रालयले १४ हजार ३३४ जनाको नमूना परीक्षण गरेको थियो।

सो अवधिमा २ हजार २७४ जना संक्रमणमुक्त भएको र २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार संक्रमित हुनेको संख्या भन्दा संक्रमणबाट मुक्त हुनेको संख्या बढेको पनि जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७८ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App