२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य कार्यालयलाई करोडौंको स्वास्थ्य सामग्री

स्वास्थ्य कार्यालय खोटाङमा कोभिड–१९ को महामारीविरुद्ध उपयोग हुने करोडौंको स्वास्थ्य सामग्री जुटाइएको छ। नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जुटाइएको अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, ग्लोव्स लगायतका स्वास्थ्य सामग्री बुधबार कांग्रेस महासमिति सदस्य राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट १० हजार सेट एन्टीजेन किट, ५० पिस पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ पिस अक्सिजन सिलिण्डर र १ सय पिस नजल अक्सिजल ट्यूव ल्याइएको छ। यस्तै, ७ सय पिस कोभिड गाउन सेट, ३ सय जोडी कोभिड सुज कजर, ५० पिस डेथबडी व्याग, ३ सय पिस कोभिड फेसशिल्ड, २५ लिटर ह्याण्टसेनीटाइजर, ५ सय जोडी कोभिड ग्लोभ्स, ८ हजार पिस कोभिड मास्क, ५ सय पिस एन ९५ मास्क र ३ सय पिस सर्जिकल मास्क ल्याइएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार करिब तीन करोडको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको हो। जिल्लाका १० वटै स्थानीय तहमा पुर्याउने गरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताए। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, कांग्रेस महासमिती सदस्य कमला राई लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: १६ भाद्र २०७८ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App