१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गढीमा निःशुल्क आँखा शिविर

सुनसरीको गढी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब विराटनगर हलेसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लबको संयुक्त आयोजनामा आँखा शिविर गरिएको हो।  

गढी गाउँपालिका–२ मा भएको आँखा शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण भएको थियो। जसमा २४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।  

रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र गढी गाउँपालिकाको सहकार्यमा शिविर गरिएको लायन्स क्लबका जोन चेयरपर्सन घनश्याम पोखरेलले बताए। सो अवसरमा अन्य ६ वटा कार्यक्रम पनि गरिएको उनको भनाइ छ। 

महिलाको महिनावारी समस्या सम्बन्धी सचेतना, वातावरणीय सचेतना, मास्क वितरणलगायत कार्यक्रम गरिएको हो।

प्रकाशित: १२ भाद्र २०७८ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App