८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोरोना भाइरसको तेस्रोलहर सुरु भइरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई साढे ६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।

एन नाइन्टी फाइभ मास्क,१५०पिस,सर्जिकल मास्क २ हजार पिस,,हयाण्ट सेनिटाइजर ५००एमएल,फेस शिल्ड २ सय पिस, ग्लोब्स २ हजार पिस, पुन: प्रयोग गर्न मिल्ने गावन १ सय पिस, फुल पिपिई सेट १ सय,आइआर थर्ममिटर ५, स्प्रे ट्यांक १, हेण्डबास लिक्वीड २०, हाइजिन किड १०,डिग्नीटी किड ५ , र प्यासेन्ट बेड सिट १० पिस ,पोचिलोराइट डिसिन्फेक्टेन्ट सोलुसन २० ग्यालेन लगायतका स्वास्थ्य सामाग्री पेस नेपाल जुम्लाले जनाएको छ।  

पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ लाख ४८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए। उनले भने, ‘कोभिड १९ महामारीका रुपमा अघि बढेको छ। यसको नियन्त्रण र रोकथाम अहिलेको अपरिहार्य आवश्यकता हो। कोभिड १९ प्रतिकार्यका लागि अस्पताललाई सामाग्री प्रदान गरिएको छ।’

पेस नेपालका सचिव मानबहादुर रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक राजिब विक्रम शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए। उनले स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरि कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए।  

अस्पताल निर्देशक शाहले कोभिड संकट समाधानका लागि प्रदान गरिएको स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गर्ने बताए। उनले भने,‘संकटका बेला गरिएको यो सहयोग निकै प्रसंसनीय छ। आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएकोछ। ’यसअघि पनि अक्सिजन सिलिण्डर सहितको लाखौँको स्वास्थ्य सामाग्री प्रदान गरेको थियो। 

प्रकाशित: ३ भाद्र २०७८ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App