२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ९ सय १५ जना कोरोना भाइरस संक्रमणका बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ हजार ५ सय ८२ जनामा नमूना परीक्षण गर्दा सोको संख्यामा कोरोना संक्रमण भएको जनाएको छ।

मन्त्रालयले ११ हजार ७०८ जनाको पीसीआर र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरेको थियो। सोही अवधिमा २ हजार ११८ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। सो अवधिमा २७ जनाको मृत्यु भएको जनाउँदै मन्त्रालयले नेपालमा अहिले पनि ३८ हजार ७९८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७८ ११:१० शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय