८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बैतडीमा १८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

बैतडीमा १८ हजार बढी नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्। जिल्लामा विभिन्न समयमा सञ्चालन भएको खोप अभियानअन्तर्गत अहिलेसम्म १८ हजार ६३ जनाले कोरोना विरुद्धको पूर्ण खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा खोपको पहिलो डोज मात्र लगाउने नागरिकको संख्या ३७ हजार ६ सय ६८ रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए। कोभिडशिल्ड खोप लगाएका जेष्ठ नागरिकले अहिलेसम्म दोश्रो डोज पाएका छैनन्। भेरोसेल खोप लगाएका नागरिकलाई भने दोश्रो डोज मौज्दात राखेर खोप दिइएको उनले बताए।  

जोन्सन एण्ड जोन्सन खोपको एक डोज मात्रै लगाउनुपर्ने भएकाले ११ हजार ४ सय ९५ जनाले सो खोप लगाएका छन्। जिल्लामा पहिलोपटक गएको माघ १० देखि २४ गतेसम्म कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। जिल्लाका प्रत्येक वडाका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७८ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App