२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

४९०४ मा संक्रमण, ३५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गरेको छ। तथ्यांक अनुसार बुधबार नेपालमा ४ हजार ९ सय ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टाको अवधिमा १९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। सो अवधिमा पीसीआर विधिबाट १३ हजार २ सय १७ र एन्जिेन विधिबाट ५ हजार ९ सय ६ जनाको नमूना परीक्षण गरेको थियो।

सो अवधिमा २ हजार ११५ जना संक्रमणमुक्त भएको र ३५ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७८ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App