२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थपिए ३ हजार ६५१ जना नयाँ संक्रमित, २२ को निधन

३६ हजार २८८ सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दैै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा २२ जनाको निधन भएको जनाउँदै मन्त्रालयले १ हजार ७ सय ८४ जना कोरोना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। सो अवधिमा कूल १६ हजार ५ सय ९४ को नमूना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार अहिले पनि नेपालमा ३६ हजार २ सय ८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २५ श्रावण २०७८ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App