२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थपिए ३१२५ नयाँ संक्रमित, २३ को मृत्यु, १७५ भेन्टिलेटरमा

गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै गत २४ घन्टामा सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।  

कूल १३ हजार ८ सय ११ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्पष्ट पार्दै मन्त्रालयले सो अवधिमा १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको समेत जानकारी गराएको छ। त्यस्तै सोही अवधिमा २३ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपालमा हाल ३१ ह्जार ६ सय २९ जना सक्रिय संक्रमित रहेको पनि उल्लेख गरेको छ।

मन्त्रालयले अहिले ६ सय ९० जना  सघन उपचार कक्षमा र १७५ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि जनाएको छ।

प्रकाशित: १८ श्रावण २०७८ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App