१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप ३,३६५ जनामा कोरोना संक्रम्रण,१६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३,३६५ जनामा कोरोना संक्रम्रण पुष्टि भएको छ। ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

आजको तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ। तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेको  मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १४ श्रावण २०७८ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App