८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा १ हजार २ सय ७० जना संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ११ र १ हजार ७ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय २३, मोरङमा २ सय १७, सुनसरीमा १ सय ८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेर्‍हथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ। झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बार्‍हदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारीमा १ जनामा कोरोना संक्रमण देखिएको छ।

मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ४ जनामा कोरोना संक्रमण देखिएको छ।  

 सुनसरीको धरानमा १सय १४, इटहरीमा ५८,  इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २,  गढी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा ५–५, छथरमा ३, चौवीसेमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ। 

पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १–१,  उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १ जनामा संक्रमण देखिएको छ। तेर्‍हथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा मंगलबार २सय २ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ७८ महिला र १ सय २४ पुरुष रहेका छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १२ श्रावण २०७८ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App