coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मेडिकल प्रवेश परीक्षामा सहभागिता जनाउने विद्यार्थीको एपेक्सले गर्‍यो निःशुल्क पिसिआर परीक्षण

चिकित्यसा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा संचालन गर्ने तय गरेको छ। कोरोना महामारी उच्च जोखिमबीच साउन ९ गतेदेखि १३ गतेसम्म संचालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई  पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको छ। आयोगले  विद्यार्थीकोलागि पिसिआर रिपोर्ट अनिवार्य गरेलगत्तै परीक्षाको तयारीमा जुटेका विद्यार्थी चिन्तित बनेका थिए। एकातिर अस्पतालहरूमा 'कोभिड भ्याक्सिन' लिनेहरूको भिड छ भने अर्काेतर्फ परीक्षणको शुल्कमा पनि अस्पतालहरूले मनोमानी शुल्क लिने गरेका छन्।  

यस्तो अवस्थामा पुतली सडकमा रहेको एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग एजुकेशन एकेडमीले विद्यार्थीको चिन्ता हटाउन आफ्नाे प्राङ्गणमै स्वाब परीक्षण सेवा निःशुल्क उपलब्ध गराएर विद्यार्थीलाई राहत दिएको मेडिकल परीक्षा तयारीमा रहेको विद्यार्थीहरू बताउँछन्। ‘आयोगले ७२ घन्टा भित्रको पिसिआर रिपोर्ट भए मात्र परीक्षामा सहभागिता जनाउने सूचना सार्व जनिक गरे लगत्तै हामी अस्पतालहरूमा बुझ्यौं। दुइ हजारदेखि ५ हजार सम्म शुल्क लाग्ने रहेछ,’ बिहिबार एपेक्समा स्वाब दिन पुगेका कुमार साहले भने ‘फेसबुकमा एपेक्सले मेडिकल विद्यार्थीकोलागि स्वाब संकलन गर्ने व्यवस्था मिलाएको सूचना प्राप्त गरेपछि म यहाँ आएर स्वाब दिएँ।’ साउन ९ गते परीक्षाको तयारीमा जुटेका साहले थपे ‘ल्याब परीक्षण शुल्क ८ सय ५० मात्र लाग्ने रहेछ। अरू सेवाहरू निःशुल्क छ। अस्पतालमा जस्तो भिड पनि छैन। कोभिड सर्ने त्रास पनि छैन।’ साह पेन्टागन कलेजमा विज्ञानका कक्षा १२ का विद्यार्थी हुन्।

धनगढीका कल्याण विष्ट पनि बिहिबारै एपेक्स पुगेर स्वाब दिन पाउँदा निकै खुसी बनेको अनुभव सुनाए। टेकु पुग्दा भिड देखेरै त्रसित बनेको विष्टलाइ एपेक्समा लाइननै नबसेर स्वाब दिनु सबै भन्दा खुसीको कुरा लाग्यो। परीक्षण शुल्क पनि निकै सहुलियत रहेको उनको भनाई छ।‘स्वाब संकलन गरेको ६ घन्टा भित्रै रिपोर्ट मोवाइलमा एसएमएस बाटै आउने रहेछ, पेसले खुसी हुँदै भने ‘लाइन पनि लाग्नु परेन। भिडले कोरोना सर्ने त्रास पनि भएन। ढुक्क् भएर स्वाब दिएँ। एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग इजुकेशन एकेडमीका संचालक हरि पौडेलले सरकारले मेडिकलका प्रवेश परीक्षा दिने विद्यार्थीहरूकोलागि पिसिआर अनिवार्य गरेपछि परीक्षाका तयारीमा रहेका विद्यार्थीहरूलाई निकै तनाव भएको सूचना आफूले प्राप्त गरेको जनाए। एपेक्स मेडिकल प्रवेश परीक्षा तयारी गराउने एकेडमी भएकोले पनि आफू विद्यार्थीको हितमा पिसिआरको व्यवस्था सहजरूपमै एकेडमी मै गराएको उनको भनाई छ।

संचालक पौडेलले नागरिकसँग भने ‘ विद्यार्थीलाई  अस्पताल गएर भिडभाड र लाइन बस्नु परेन। स्वाब संकलन गरेको ६ घन्टा भित्रमै रिपोर्ट माेबाइलमै आउँछ।’ उनका अनुसार साउन ११ गते सम्म विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म परीक्षणको व्यवस्था गरिएको छ। सिसिएमसीले परीक्षा संचालनको स्वीकृति दिँदानै कोभिड १९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पिसिआर अनिवार्य गरे अनुसार आयोगले सूचना प्रकाशित गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताए। उनका अनुसार आयोगले तीन दिन लगाएर विद्यार्थीले रूचाएको ठाउँमै परीक्षा केन्द्र तोक्न फारम भराएको थियो। सोहि अनुसार अब केन्द्र तोकिएको छ।

विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको उनले जनाए। परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख गरिएको छ। प्रवक्ता लुइँटेलका अनुसार यस पटक आयोगले पहिलो पटक एकीकृत प्रवेश परीक्षा संचालन तथा व्यवस्थापन गर्दैछ।

‘विगतमा विश्वविद्यालयहरूले आ–आफ्नै हिसाबले प्रवेश परीक्षा लिने गरेका थिए। जसका कारण धेरै अनियमितता भएको गुनासो आयो। त्यसपछि सरकारले मेडिकल प्रवेश परीक्षामा एकरूपता कायम गर्न आयोगलाई एकीकृत रूपमा परीक्षा संचालन र व्य वस्थापनको जिम्मेवारी दिएको हो,’ प्रवक्ता लुइँटेलले नागरिकसँग भने ‘यस पटक काठमाडौं र काठमाडौं  बाहिर गरी पाँच स्थानबाट केन्द्र तोकेर आयोगले परीक्षा संचालन गर्दैछ। उनका अनुसार यस पटक काठमाडौंमा २८, धरानमा १९, चितवनमा १७, पोखरामा ११ र नेपालगंजमा ८ गरी कुल ८३ परीक्षा केन्द्रबाट विद्यार्थीहरूले परीक्षा दिदै छन्।  कोभिड १९ पिसिआरको रिपाोर्ट पोजेटिभ भएको परीक्षार्थीहरूलाई छुट्टै कोठामा राखेर परीक्षा संचालन गर्ने व्यवस्था भएकोले त्यस्ता परीक्षार्थीले आयोगको इमेल ठेगानामा अग्रिम जानकारी गराउनु पर्ने छ।

त्यस्तै परीक्षार्थीलाई आयोगको वेबसाइटमा रहेको केस इन्भेष्टिगेसन एण्ड कन्ट्रयाक ट्रेसिङ्ग सेल्फ डिक्लिरेसन फारम भरी आवश्यक विवरण अनिवार्य गरिएको छ। यस पटक मेडिकलको एमबिबिएस,बिडिएस,बिएससी नर्सिङ,बिएएसएलएफ,बिपरफ्युजन टेक्नोलोजी,बिएएमएस,बिएनएस, बिएससी एमएलटी, बिएससी एमआइटी, बि फार्म,अपटोमेट्री। बिपिटी र बिपिएच गरी स्नातक तहको कुल १३ विषयकोलागि कुल ३२ हजार ८ सय ६६ ले परीक्षा दिँदै छन्। सबै भन्दा बढी एमबिबिएसमा ११ हजार २ सय ९९ले परीक्षा दिँदै छन्। दोस्रोमा बिडिएसमा ४ हजार ५ सय ३६ तेस्रोमा बिएससी नर्सिङमा कुल चार हजार तीन विद्यार्थीले परीक्षा दिँदै छन्। आयोगको ऐन अनुसार कुल परीक्षार्थीको १० प्रतिशत कोटा विदेशी विद्यार्थीकोलागि तोकिएको छ। यस पटक  भारत, बंगादेश, श्रीलंकालगाएतका विदेशी विद्यार्थीहरूको सख्या ५ सय हाराहारीमा छ।

प्रकाशित: ८ श्रावण २०७८ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App