१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आजबाट जोन्सोन खोप अभियान

५० देखि ५४ वर्ष उमेर समूहलाई दिइँदै

सरकारले साेमबारदेखि काठमाडाैँ उपत्यकासहित देशभरका सबैजसाे जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको छ। खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणर्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन्। 

साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन्। खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

खोप अभियानको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए। यो अभियानमा जोन्सोन एण्ड जोन्सोनको ज्याक्सन खोप एक डोज मात्र लगाए पुग्नेछ।

 गत साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो। सबैजसो जिल्लामा खोप पुगिसेको मन्त्रालयले जनाएको छ। यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो । केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

भारतद्वारा १ सय ५० थान आइसियु बेड सहयोग

भारत सरकारले नेपालको लागि आइतबार १ सय ५० थान बाल आइसियु बेड हस्तान्तरण गरेको छ। नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सो सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा राजदूत क्वात्राले कोभिड महामारीको यो घडीमा भारतले प्रदान गरेका सामग्रीहरूको महत्वपूर्ण सहयोग हुनसक्ने जनाए। ‘कोभिड १९ महामारीको यो समयमा भारतले प्रदान गरेको आइसियुले स्वास्थ्य संरचना विस्तारमा महत्वपूर्ण स्थान हुनेछ,’ क्वात्राले भने। मित्रराष्ट्रको रूपमा यस्तो आपसी सहयोग आगामी दिनमा पनि जारी रहेन क्वात्राको भनाइ थियो। सो क्रममा संचारकर्मीले भारतले दिने भनेको खोप कहिले दिने भन्ने प्रश्नको उत्तरमा राजदूत क्वात्राले यस्तो भारत र नेपालमा कोभिड १९ को महामारीको बेला घोषित खोप दिन नसकेको र आगामी दिनमा खोपको साथै अन्य स्वास्थ्य सामग्री प्रदान गरिने बताए।

कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ महामारीविरुद्ध लड्न भारतले आगामी दिनमा भारतसागको सहकार्यको अपेक्षा राखेको बताए। ‘महामारीको विरुद्धमा लड्नको लागि भारत तथा भारतीय जनताको छिमेकी राष्ट्रप्रतिको योगदान छ’। सो क्रममा उनले भारतले कोभिड १९ विरुद्धको खोप पनि विश्वमै पहिलोपटक नेपाललाई प्रदान गरेको स्मरण गरे।

तीन सातादेखि संक्रमण दर करिब २० प्रतिशत  

गत चौबिस घण्टामा नेपामा कोरोना संक्रमणदर १८.६२ प्रतिशत रहेको छ। यो दर अन्य दिनहरूमा १८ देखि २२ प्रतिशतको हाराहारीमा देखिन्छ । नेपालमा तीन सातादेखि १८ देखि २० या २१ प्रतिशतको वरिपरी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले औल्याएको छ। गत चौविस घण्टामा परिक्षण भएका १० हजार ६६ वटा नमूना मध्येमा १८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख १६ हजार ४९ पुगेको छ। तीमध्ये ४ लाख ५३ हजार ४ सय ६८ जना दोस्रो लहरको कोरोना संक्रमणको अवधिमा संक्रमित भएका हुन्।

गत चौबिस घण्टामा थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप मृतक सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० जना पुगेका छन्। ती मध्येमा ६ हजार २ सय ७९ जना दोस्रो लहरको अवधिमा मृत्यु भएको हो।

लकडाउन खुकुलो हुनु र लकडाउन खुलेपछि घट्दै जानुपर्ने संक्रमण केही मात्रामा जारी रहेको संकेत रहेको प्रवक्ता पौडेलेको भनाइ छ। लकडाउन खुकुलो भएको केही साता हेरेपछि मात्र कोरोना संक्रमण घट्ने या बढ्ने क्रममा रहेको यकिन हुने उनको भनाइ छ। ‘संक्रमण एउटै प्रतिशतमा रहनु भनेको जोखिम कायमै छ भन्ने बुझनु पर्छ,’ उनले भने।

प्रकाशित: ४ श्रावण २०७८ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App