४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

म्याद नाघेका औषधिहरु नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सोमबार नगरको जागाती, सूर्यबिनायक र दुधपाटीको भेटनरी पसलहरुमा अनगुमन गरी म्याद नाघेका औषधिहरु नष्ट गरिदिएको छ। साथै, बिषादीहरु पसलमा जथाभाबी तरिकाले राखेको, पशुलाई बेहोस बनाउने निन्जा र केमाइनहरु भेटिएको जनाइएको छ।    

भेटनरी पसल अनुगमनका क्रममा मञ्जु भेट फर्मा नगरपालिकामा दर्ता नभएकोले तीन दिनभित्र दर्ता गर्न, फ्रिज सफा नभएको र ढुसी परेकोले सफा गर्न निर्देशन दियो। त्यहाँबाट म्याद नाघेको औषधिहरु टेट्राक्लिन ९ वटा, रुमबाइअन २ पाकेट, मोटीभ्याक १, फेभेस्टिन १, ब्रिम्याक्स ७, मस्ति केयर १, निन्जा २ वटा, साल्फाडिन वोलस १ बट्टा, मस्टिनटेल स्प्रे १ वटा, हाइटेक निडल १ बट्टा, भिटामिन बिकम्पलेक्स २ वटा, जेन्टामाईसिन इन्जेक्सन १ वटा, अभिलिन १ वटा, ट्रानोस्टेट १ वटा, कोनाकाइओन १ वटा, सल्फोनामिक्स १ वटा, क्रामाइन ३ वटा, टेट्रासाक्लिन १ वटा, कनसिप्लेक्स १ वटा, इटासेफ १ वटा, इमोलि १ वटा, मेलोसिन १ वटा, पेन्सबाओटिक १ वटा, बिनोसिन २ वटा, सेट्रिएक्स १ वटा, स्टासेफ १ वटा, ट्राइमसिनोलोन १ वटा, बफकाइण्ड १ पाकेट जफत गरी नष्ट गरियो। साथै उसलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो।  

बिष्णु भेटनरी फर्मामा पसल नविकरण गर्न, बिषादी छुट्टै र बालबालिकबाट सुरक्षित गरी राख्न, फ्रिज फोहाेर भई ढुसी परेकोले सफा गर्न, सरसफाईमा ध्यान दिन, औषधि बिक्रीवितरण गर्न औषधि विभागको अनुमति लिन निर्देषण दियो। साथै म्याद नाघेको औषधिहरु स्ट्रेराइल डाइलुएन्ट १३ वटा, मारेक १ वटा, इन्जेक्सन बुरसल १ वटा जफत गरी नष्ट गरियो।  

डेग पोल्ट्री फर्म तीन दिनभित्र दर्ता गर्न, औषधि विभागको अनुमति लिएर मात्र औषधि बिक्रीवितरण गर्न निर्देशन दियो भने भेट फर योर पेट राम्रै संचालन भएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।  

अनुगमनमा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, भेट फर योर पेटका डाक्टर प्रणव जोशी, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, घरेलु कार्यालयका सीताराम त्वायना सहभागी थिए।

प्रकाशित: २१ असार २०७८ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App