५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खोटाङका १ हजार ४२४ जनाले जिते कोरोना

खोटाङका १ हजार ४२४ जनाले कोरोना संक्रमणलाई जितेका छन्। आइतबारसम्मको तथ्यांकअनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कूल १ हजार ७५७ जनालाई संक्रमण भएकामा १ हजार ४४२ जना संक्रमित निको भएका हुन्।

१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्याभन्दा १ हजार १५४ ले बढी हुन पुगेको छ। यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५६१ जना, हलेसी तुवाचुङ नगरपालिकाका २०४ जना, रावाबेँसी गाउँपालिकाका ९८ जना, केपिलासगढी गाउँपालिकाका ५६ जना, ऐसेलुखर्क गाउँपालिकाका ११७ जना, जन्तेढुंगा गाउँपालिकाका ५७ जना, खोटेहाङ गाउँपालिकाका ५६ जना, साकेला गाउँपालिकाका १५७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १११ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन्।

जिल्लामा हालसम्म ६ हजार ८३ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७५७ जनालाई संक्रमण पूष्टि भएको हो। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २९ जना, रावाबेँसी गाउँपालिकामा १६ जना, केपिलासगढी गाउँपालिकामा २६ जना, ऐसेलुखर्क गाउँपालिकामा १६ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, खोटेहाङ गाउँपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना र  दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । सबै संक्रमितले कोरोना जित्दा बराहपोखरी गाउँपालिका भने संक्रमित मुक्त बनेको छ।

प्रकाशित: १३ असार २०७८ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App