१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

थप चार हजार ५२२ जनाका संक्रमण पुष्टि

थप चार हजार ५ सय २२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा  सङ्क्रमण पुष्टि भएको हो।  

योसँगै देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख २६ हजार ३४३ र एन्टिजेन पोजेटिभ २८ हजार १२७ पुगेको छ। हालसम्म ३२ लाख ८५ हजार ५३ जनाको पिसिआर र एक लाख ५१ हजार ५९२ जनाको एन्टिजेन बिधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा चार हजार ९५४ जना उपचारपछि निको भएर घर फर्किएका छन्। हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या पाँच लाख ६४ हजार ८८२ पुगेको छ। कारोना निको भएको दर ९० दशमलव  २ प्रतिशत रहेको छ। यस्तै गत २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या आठ हजार ८१३ पुगेको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन्। दोस्रो मात्रा खोप लगाउनेको संख्या सात  लाख ३१ हजार ६५३ पुगेको छ।

प्रकाशित: ८ असार २०७८ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App