१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्थानीय तहलाई आइसोलेसन किट

दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापालाई आइसोलेसन किट हस्तान्तरण गर्दै। तस्बिरः बिरा/नागरिक

आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्थानीय तहलाई आइसोलेसन किट हस्तान्तरण गरिएको छ। जिल्लाका पाँच वटा स्थानीय तहलाई एक सय थान किट हस्तान्तरण गरिएको हो।

सामाजिक चेतना तथा विकास संघ (साडा) नेपालको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उक्त सामग्री दिइएको हो। १५ थान डिलासैनी गाउँपालिका ११ थान दोगडाकेदार गाउँपालिकालाई, पाटन नगरपालिकालाई ११ थान, सुनर्या गाउँपालिकालाई ४२ थान र दशरथचन्दनगरपालिकालाई २१ थान किट हस्तान्तरण गरिएको आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक नागेन्द्र भट्टले बताए।

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई सहज होस भन्दै आइसोलेसन किट वितरण गरिएको हो। आइसोलेसन किटमा गाईड बुक, पल्स अक्सिमिटर डिजिटल थर्मामिटर सर्जिकल मास्क, सेनिटाइजर, ग्लब्स, टिस्यु पेपर, स्यानिटरी प्याड, हातधुने साबुन लगायतका सामग्री रहेका छन्।

स्वास्थ्य शाखा मार्फत् संक्रमितलाई वितरण गर्न स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भट्टले जानकारी दिए। किट उपलब्ध भएपछि कोरोना संक्रमितहरुलाई सहज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए।

प्रकाशित: ८ असार २०७८ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App