१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पाल्पामा सक्रिय सङक्रमित ८११, निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो

पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार जेठ २४ गतेसम्म रहेको निषेधाज्ञा अवधि थप गरेर आगामी जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।  

जिल्लामा हाल ८ सय ७१ जना सक्रिय सङक्रमितहरु रहेका छन्। जिल्ला प्रशासन कार्यालय पाल्पामा भएको बैठकले बन्द रहेका वाणिज्य तथा विकास बैँकहरू बिहान ७–१० सम्म खोल्ने निर्णय गरेको छ। यस्तै अत्यावश्यक दैनिक उपभोगका खाद्य सामाग्री विहान ७ बजेदेखि १० बजेसम्म खुल्न दिने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्धारा जारी आदेशमा उल्लेख छ ।  

यस्तै पाल्पामा कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ। खोप ६०–६४ वर्ष भनिएकोमा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको बताइएको छ।

पाल्पा जिल्लामा कूल १३ हजार २ सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ९ सय ९१ जना निको भएका छन्। जसमध्ये ३ हजार ९१ जना निको भई घर फर्केका छन् भने ८ सय ७१ जना सक्रिय सङक्रमितहरु रहेका छन्। जसमा ८ सय ११ जना होम आइसोलेसनमा रहेका, ६० जनाको अस्पतालमा उपचार भैरहेको र ५६ जनाको मृत्यु भएको कोभिड–१९ सङक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App