१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आफू चढ्ने गाडी कोरोना संक्रमितको उपचारका लागि सहयोग

नेपाली कांग्रेसका गोरखा नगर सभापति चन्दनबाबु खत्रीले आफ्नो निजी गाडी कोभिड १९ बिरामीको उपचारमा प्रयोग गर्न गोरखा नगरपालिकालाई उपलब्ध गराएका छन्। गोरखामा पनि कोरोना संक्रमण दर बढेको र एम्बुलेन्स नपाएर बिरामीले उपचार पाउनबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन आफूले गाडी उपलब्ध गराएको खत्रीले बताए।  

उनले बा १६ च २००१ नम्बरको गाडी बिहीबार गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन्। गोरखा नगरपालिकाको आफ्नो एम्बुलेन्स नभएका बेला कांग्रेस नगर समिति सभापतिले उपलब्ध गराएको गाडीले बिरामीको उपचारमा थप मद्दत पुग्ने नगरप्रमुख राजनराज पन्तले बताए। ‘यो महामारीको बेला सबै मिलेर काम गर्नुपर्छ, सबैको सहयोग आवश्यक छ’ उनले भने ‘म अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिहरुलाई पनि सहयोगमा अभियानमा जोडिन अनुरोध गर्दछु।’

उक्त गाडी निषेधाज्ञा अवधिभर नगरपालिकाले कोरोना संक्रमितको उपचारका निम्ति प्रयोग गर्ने बताइएको छ। गाडीसँगै चालक पनि खत्रीले उपलब्ध गराएका छन्। चालकका लागि तलब भत्ता पनि खत्रीले व्यक्तिगत दिने बताए।

गोरखामा ४५ भन्दा बढी एम्बुलेन्स भएपनि बिरामीले खोजेको बेला नपाउने, अहिले कोरोना संक्रमित बढेकाले एम्बुलेन्स व्यस्त हुने हुँदा आफूले गाडी सहयोग गरेको खत्रीले बताए। उक्त गाडीलाई कोरोना संक्रमित बिरामी बोक्न मिल्ने खालको बनाइएको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App