१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री

आइसोलेसनमा रहेका संक्रमितको लागि स्वास्थ्य सामग्री वितरण गरिँदै । तस्बिरः बिरा/नागरिक

बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

युनिसेफ नेपालको सहयोगमा रेडक्रस बैतडीबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले स्वास्थ्य सामग्री वितरण गरेको हो । वडामा रहेका संक्रमितको संख्या हेरेर २ सय ५० देखि ३ सय मास्क, सेनिटाइजर, पुल्स अक्सिमिटर, थर्ममिटर लगायत स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रस बैतडी शाखाका स्वास्थ्य समिति संयोजक दुर्गादत्त जोशीले बताए ।

स्वास्थ्य सामग्रीले आइसोलेसनमा रहेका संक्रमितहरुलाई सहज भएको दशरथचन्द नगरपालिका–९ का वडाध्यक्ष हरिशचन्द जोशीले जानकारी दिए । स्वास्थ्य सामग्री अभाव भइरहेको बेला सहयोग स्वरुप स्वास्थ्य सामग्री पाएपछि कोरोना संक्रमितहरुको हेरचाह र स्वास्थ्य अवस्था बुझ्न सहज भएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए ।

रेडक्रसले नगरपालिकाका संक्रमितहरु बसेको आइसोलेसनमा आफै उपस्थित भएर स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै उनीहरुलाई मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरेको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित: ३ जेष्ठ २०७८ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App