५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

२४ घन्टामा १३९ संक्रमितको मृत्यु, ९ हजार २७१ जनालाई संक्रमण

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट १ सय ३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन्।  

१७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा ९ हजार २ सय ७१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। सोमबारसम्म देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन्।

तीमध्ये ६ हजार ७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा छन्। हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रकाशित: २७ वैशाख २०७८ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App