३१ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय

देशभरका जम्मा ६ दशमलब ५७ प्रतिशत अस्पतालसँग मात्र आफ्नै अक्सिजन प्लान्ट रहेको तथ्य सार्वजनिक भएको छ।

कोभिड संक्रमितहरुको उपचारका लागि रहेका ४ सय ७२ अस्पतालमध्ये ३१ वटा अस्पतालसँग मात्र आफ्नै अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विभिन्न मन्त्रालयले उपलब्ध गराएको विवरणले अक्सिजन प्लान्टको दयनीय अवस्था रहेको चित्रण गरेको छ।

सरकारलाई बुझाएको विवरण अनुसार ती अस्पतालहरुमा १९ हजार ८ सय ८२ बेड, १ हजार ७ सय १४ आईसियु, ६ सय ९२ भेन्टिलेटर रहेको पनि जनाएको छ।

त्यस्तै अक्सिजन प्लान्टबाट दैनिक २ हजार ५ सय ४९ अक्सिजन सिलिण्डर भर्न सकिने अवस्था रहेको, तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि ६ हजार २ सय ८८ वटा सिलिण्डरको संख्या प्रयोगमा रहेको र सामान्यत : दैनिक १ हजार ४ सय ११ दशमलब ५ लिटर अक्सिजन खपत भइरहेको जनाएको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्कालै खरिद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरिद, प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ पहल गरिरहेको उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले चीन सरकारले अनुदानस्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनीयाँ मुद्रा) को स्वास्थ्य सामग्री एवं उपकरण सहायता ल्हासा आइपुगेको जनाउँदै ढाकास्थित बेक्सिमको फार्मामार्फत् आई.एफ. आई. सी. र नेपाल बंगलादेश बैंकले नेपालमा कोभिड १९ बाट संक्रमितहरुको उपचारार्थ (१०० एमजीका ५ हजार भाइल इन्जेक्सन) रेम्डेसिभरको निः शुल्क उपलब्ध गराउन समेत पहल गरिरहेको छ।

प्रकाशित: २३ वैशाख २०७८ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App