१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा स्वास्थ्यकर्मीसहित थप ६ जनालाई कोरोना संक्रमण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्वास्थ्यकर्मीसहित थप ६ जनालाई कोरोना संक्रमण भएको छ। एक दिनअघि चार जनालाई संक्रमण भएको नगरपालिकामा बुधबार जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी र खाद्य संस्थानमा कार्यरत एक पुरुष कर्मचारीसहित ६ जनालाई कोरोना संक्रमण भएको हो।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा जोखिममा परेको आशंकामा गरिएको एन्टिजेन परीक्षणबाट जिल्ला अस्पतालमा कार्यरत ३५ वर्षीय अहेव (महिला), खाद्य संस्थानमा कार्यरत २५ वर्षीय पुरुष कर्मचारी, सोल्माका एकै परिवारका २७ वर्षका पुरुष, २७ वर्षकै महिला र २० वर्षका महिला तथा खाल्लेका १९ वर्षका पुरुषलाई संक्रमण भएको कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए।  

एकैदिन चार संक्रमित फेला परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालसहित ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो। यससँगै दिक्तेल नगरपालिकामा मात्र संक्रमितको संख्या १० पुगेको छ।

प्रकाशित: २२ वैशाख २०७८ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App