१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

धरानमा कोरोना संक्रमित वृद्धको निधन

समुदाय स्तरमा कोरोना संक्रमण फैलिइ रहेको धरानमा आज दिउँसो थप एक संक्रमितको निधन भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारको क्रममा धरान १२ का ७१ वर्षीय वृद्धको निधन भएको हो। 

उनको दिउँसो १ बजे निधन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। मेहताका अनुसार मृतकलाई सोमबार संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।  मृतकको रगतमा चिनीको मात्राकमी (हाइपो ग्लेसिरिया) भएपछि उपचारको लागि प्रतिष्ठान लगिएको थियो। 

सोहिक्रममा पिसिआर जाँचगर्दा रिपोर्ट पोजेटिभ आएको र कोभिड अस्पताल भर्ना गरिएको मेहताले जानकारी दिए। मृतकको शवलाई स्वास्थ्य प्रोटोकल अनुसार परिवारले अत्येष्टी गर्ने तयारी गरिरहेको उपमहानगरले जनाएको छ। कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि वैशाख १ गते यता धरानमा ३ जना संक्रमितको निधन भइसकेको छ।

प्रकाशित: २२ वैशाख २०७८ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App