१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रौतहटका थप दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट रौतहटका थप दुई जनाको मृत्यु भएको छ। यसअघि सदरमुकाम गौरको महादेवपटि गाउँका एक ज्येष्ठ नागरिकको मृत्यु भएकोमा मंगलवार थप दुई संक्रमितको मृत्यु भएको हो।  

मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा टोलका ५५ वर्षीय बालकिशोर सिंह र गढीमाई नगरपालिका ४ सुन्दरपुरका ३२ वर्षीय वेदप्रकाश साह कानु रहेका छन्।सिंहको रौतहटको सुकदेवचौकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

सिंहको स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि १९ वैशाखमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएकोमा परीक्षणको लागि स्वाब संकलन गराई रौतहट ल्याएर सुकदेवचौकमा भर्ना गरिएको थियो।  साहको स्वास्थ्यमा समस्या देखिएपछि २० गते राति उपचारको लागि वीरगंज लगिएकोमा मंगलवार साँझ उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: २२ वैशाख २०७८ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App