६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा उदयपुरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उदयपुरका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ। 

निधन हुनेमा उदयपुर ६ का ७० वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिए। उनका अनुसार मृतक दीर्घ रोगीसमेत थिए। उनको आज राती १ बजे कोभिड अस्पतालमा निधन भएको थियो।  

वैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन प्रतिष्ठानमा कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ। मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ।

प्रकाशित: २२ वैशाख २०७८ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App