१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो। कोभिड अस्पताल विराटनगरमा भर्ना भएका इनरुवा वडा नं. १ घर भएका ३५ वर्षे उनको उपचारकै क्रममा मृत्यु भएको हो। उनी १२ दिनअघि भारतबाट फर्केका थिए।

उनीसँगै कोरोना भाइरसको महामारीको दोस्रो श्रृंखला सुरु भएसँगै इटहरीमा मात्र तीन जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

पछिल्लो एक सातायता इनरुवाका व्यापारीसँगै धरान र इटहरीमा एक(एक जनाको मृत्यु भइ सकेको छ । कोरोना शुरु भएदेखि यता सुनसरी जिल्लाभर एक सय ५८ जनाको मृत्यु भइसकेको छ।  

सुनसरीमा हाल १५३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको भनाइ छ।

प्रकाशित: ११ वैशाख २०७८ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App