१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१,झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२,दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको  छ । पहिलो र दोस्रो लहरमा प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५ सय ६५ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार ८ सय ७८ संक्रमणमुक्त भइसकेका छन् । हाल सक्रिय संक्रमित २ सय १५ जना  पुगेका छन् ।  

प्रदेश १ मा शुक्रबार २ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म२ लाख ३४ हजार ४ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ३ वैशाख २०७८ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App