१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीरगन्ज फेरि कोरोना ‘हटस्पट’

भारतसँग स्थलमार्गले जोडिएको नेपालको प्रमुख प्रवेश नाका वीरगन्ज पुनः नोभेल कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र बन्न थालेको छ। भारतमा संक्रमण द्रुत गतिमा फैलिरेहाकोले खुला सीमा जोडिएको नेपालमा त्यसको असर पर्ने सरोकारवालाहरूको चिन्ता छ । सिमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकोले यहाँ कोरोना संक्रमणको ‘ग्राफ’ दिनुहु बढिरहेको देखिएको छ।  

पोहोर चैत २९ मा यहाँ पहिलो पटक तीनजना भारतीय मुस्लिम धर्मप्रचारकहरूमा कोरोना संक्रमण देखिएको थियो। त्यसको एक महिनाभित्र सबभन्दा बढी कोरोना संक्रमण भएको सहर वीरगन्ज बन्न पुगेको थियो। केही दिन संक्रमण नियन्त्रित जस्तो देखिएपछि गत साउनमा भने संक्रमितको लागि अस्पताल र आइसोलेसन अपुग हुन पुगेको थियो। 

कोरोना जाँच र संक्रमणको संख्या घट्दै गएकोमा गत दुई सतायता संक्रमितको संख्या बढ्न थालेको छ। गत वर्षकै जस्तो विकराल अवस्थामा वीरगन्ज फेरि फस्न थालको छ। ‘निकै गम्भीर अवस्था हो यो, निकै सचेत हुनुपर्ने र समुदायमा सबै मानिसहरूले सावधानी अपनाउनुपर्ने बेला हो यो,’ नरायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले भने, ‘चिन्ताको विषय के छ भने मानिसहरू निस्फिक्री देखिएका छन्, समुदायस्तरमै कोरोना फैलिसकेको जस्तो अवस्था संक्रमणको तथ्यांकले देखाएको छ।’

वीरगन्ज नारायणी अस्पतालमा भर्ना रहेकामध्ये २ जनाको एकैदिन मंगलवार मृत्यु भएपछि स्थानीय केही हदसम्म डराएका छन्। तापनि बजारमा भिडभाड भने घटेको छैन। मानिसहरू मास्क लगाउने भौतिक दूरी बनाउने जस्ता सावधानी अपनाएको देखिँदैनन । यहाँ सक्रिय संक्रमितको संख्या एक सय ४५ पुगिसकेको छ। जसमध्ये एक सय १४ जना होम आइसोलेसनमा छन्।  

पछिल्ला पटक नारायणीमा भर्ना रहेका १३ जनामध्ये दुई जनाको मृत्यु भएको छ। ५ जना डिस्चार्ज भएका छन् भने ६ जना अझै भर्ना छन्। वीरगन्जमा चाँडै बेग्लै आइसोलेसन सेन्टर नभए स्थिति भयावह हुन सक्ने स्थानीयको चिन्ता छ। नारायणी अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको पछिल्लो पटक मृत्यु भएको हो।

वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि चैत्र २९ गते शनिबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। मंगलवार बिहान ८ बजेर २० मिनटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पताल भर्ना भएका उनमा कोरोनाजस्तो लक्षण देखिएपछि आइतबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिन अगाडिमात्रै फर्किएका थिए।  

प्रकाशित: ३ वैशाख २०७८ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App