१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नयाँ प्रकारको कोरोना भाइरस झन घातक छ : डा. सागरराज भण्डारी

पछिल्लो केहि सातायता नेपालमा पनि कोरोना भाइरस महामारीको दोस्रो लहरको सुरु भएको छ। प्रत्येक दिन सङ्क्रमितहरुको संख्या बढिरहेको छ।  

अहिले देखिएको  नयाँ प्रकारको भाइरस चाँडै सर्ने  भएकोले  मृत्युदर पनि उच्च रहेको शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले बताएका छन्।  एक महिना अघिदेखि नेपालमा यूके भेरिअन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिन थालेको उनको भनाइ छ।  

‘कुनै पनि भाइरसले आफ्नो बनावट परिवर्तन गरिरहेको हुन्छ। त्यस्तै अहिले भाइसको प्रकृति परिवर्तन भएको छ। अहिले भाइरसको सर्ने दरपनि उच्च छ, त्यसकारण मृत्यु दरपनि उच्च छ र अस्पतालमा बिरामी भर्ना हुने दर पनि उच्च छ’, उनले भने ।सङ्क्रमणको संख्या बढ्नुको एउटा कारण चाँडै सर्ने नयाँ प्रकार भाइरस भएको निर्देशक डा. भण्डारीले बताए। नेपालमा नयाँ ‘भेरिअन्ट’ भाइरस एक महिना अघिदेखि नै भित्रिएको उनको भनाइ छ।

अहिले नेपालमा पनि नयाँ ‘भेरिअन्ट’ केसहरु दैनिक रुपमा आइरहेका उनले बताए।  उनका अनुसार भारतमा ‘जापन भेरिअन्ट’, ‘युके भेरिअन्ट’, ‘साउथ अफ्रिका भेरिअन्ट’, ‘यालिफोर्निया भेरिअन्ट’ र ‘डबल न्यूटियन्ट भेरिअन्ट’ पनि देखिएको छ। नेपालमा भारतबाट मानिसहरु आउने क्रम रोकिएको छैन्। भारतमा विभिन्न प्रकारका भेरिअन्टहरु देखिएका छन्। नेपालमा पनि संक्रमण दर बढ्दै गइरहेको छ ।  

अहिले देखिएको नयाँ ‘भेरिअन्ट’को संक्रमण उच्च भएकोले जटिलता पनि बढी नै छ’, भण्डारी भन्छन्, ‘आइसियूमा राख्ने बिरामीको संख्या बढ्छ। सर्ने दर पनि बढ्दै जाने भएकोले यसलाई व्यवस्थापन गर्न मुस्किल हुन्छ।’ नयाँ भेरियन्ट छिटो सर्ने भएर पनि त्यो पुरानो कोरोना भाइरस भन्दा ज्यादा घातक हुने उनको भनाइ छ।  

आम नागरिकले स्वास्थ्य मापदण्द इमानदारसँग पालन गर्न अहिले विभिन्न प्रकारका सभा, भोज  जस्ता भिडभाड नगर्न उनले आग्रह गरे।  ‘खोप मात्रै अन्तिम हतियार होइन। स्वास्थ्यका सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजारको प्रयोग गर्नु पर्छ। हामीले व्यवाहार परिवर्तन गर्नै पर्छ। नत्र यो महामारीबाट मुक्त हुन सकिदैन’, उनले भने।  

त्यस्तै उनले राजनीतिक दलहरुलाई सभा सम्मेल पनि केहि समयका लागि बन्द गर्न समेत सुझाव दिएका छन्। ‘राजनीतिक दलहरुले सभा सम्मेल आयोजना बन्द गर्नु पर्छ। यदि गर्नु परेमा सामाजिक दूरी कायम राख्दै, खुल्ला ठाउँमा मास्क लगाएर गर्न आग्रह गर्छु। बन्द हलमा नगर्नुहोस्’, उनले भने ।  

प्रकाशित: २७ चैत्र २०७७ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App