१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संयुक्त रूपमा सो अस्पतालको औपचारिक उद्घाटन गरे। व्यवसायी दुर्गा प्रसाइँले सञ्चालनमा ल्याएको सो अस्पतालले सुरुमा १ सय शय्याबाट सेवा सुरु गरेको होे। निकट भविष्यमै ३ सय शय्यामा स्तरोन्नति गरिने अस्पतालले जनाएको छ।  

प्रसाईंले चार वर्षअघि आफ्नै जिब्रोको क्यान्सर भएपछि क्यान्सरको उपचारको लागि विदेशिनु परेको पीडाले आफ्नै देशमा गुणस्तरीय सेवासहितको क्यान्सर अस्पताल खोल्ने संकल्प गरेको बताए। बि एण्ड सी कलेजको मातहतमा सञ्चालित सो अस्पताल दक्षिण एसियाकै नमुना अस्पतालमध्ये एक रहेको सञ्चालक समूहको दाबी छ।  

‘क्यान्सर पहिचान र उपचारमा आवश्यक अत्याधुनिक उपकरण, विशेषज्ञ चिकित्सक ता जनशक्तिको व्यवस्था गरेका छौं, अब क्यान्सर उपचारका लागि भारत र थाइल्याणड पुग्नुपर्दैन,’ सञ्चालक प्रसाईंले दाबी गरे। दक्षिण एसियाका क्यान्सर अस्पतालकै स्तरको सेवा र उपकरण तथा भौतिक संरचनासहितको सेवा दिएकोले नमुना अस्पतालमध्येमा परेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवको दाबी छ। अस्पतालले पाठेघर, फोक्सो, पेट, रगत तथा आन्द्राको क्यान्सरलगायतअंगको क्यान्सर उपचार गर्ने बताएको छ।  

अस्पताल सञ्चालनको क्रममा मिडिया तथा अन्य समूहले माफिया, डनलगायतका उपमासहित विरोध र अवरोध झेल्नुपरेको संघर्षका क्षणहरू प्रसाईंले उद्घाटनको दिन स्मरण गरे। बैंकको क्रणबाट सुरु गरेको अस्पताल निर्माण यात्राको क्रममा विभिन्न कानुनी झमेलामा फसेपछि अनकौं संघर्ष गर्न लागेको उनले बताए। यी अवरोधमा दिएका उपमाकै नाममा आफूले विभिन्न ब्राण्डका अन्य व्यवसाय सञ्चालन गर्न लागिरहेको प्रसाइँले सुनाए। सोहीअनुसार मार्सी बियर, डन इनर्जी ड्रिंक, माफिया ह्विस्कीलगायतका ब्राण्ड नाममा उत्पादन भइरहेको सुनाए।  

अस्पताल उद्घाटन गर्न पुगेका प्रधानकन्त्री केपी शर्मा अ‍ोलीले नेपालमा अहिले पनि क्यान्सर उपचारको लागि विदेशिनु परेको अवस्थामा प्रसाईंले खोलेको क्यान्सर अस्पतालले राजाधानीदेखि टाढा रहेको जिल्लाका जनता र समग्र नेपालीको उपचारमा राहत पुगेको बताए। अस्पतालको प्रंशसा गर्दै प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपामला उपचार सेवा सस्तो भएकोले नेपाल मेडिकल पर्यटन हब बन्ने बताए। ‘छिमेकी राष्ट्रबाट पनि उपचार गर्नको लागि आउनेछन्, संसारको कुनै पनि देशबाट क्यान्सरको उपचार गर्न नेपाल आउनेछन्,’ ओलीले भने।  

यसैबीच, झापाको बि एण्ड सी मेडिकल कलेजले काठमाडौं विश्वविद्यालयबाट संबन्धन पाउने प्रक्रियामा रहेको प्रधानमन्त्री शर्मा ओलीले बताएका छन्। मंगलबार झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालको उट्घाटन गर्दै शर्माले यस्तो बताएका हुन्। ‘अब बि एण्ड सी अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन्छ,’ प्रधानमन्त्री ओलीले भने। उनले हालै सुरु भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा चिकित्साशास्त्र अध्यापनसमेत हुने बताए। उनले देशमा अहिले पनि मेडिकल शिक्षाको आवश्यकता रहेको र यो अध्ययनको लागि प्रत्येक वर्ष नेपालहरू महँगो शिक्षाा लिन देशबाहिर जान बााध्य भएको औंल्याउँदै यो कलेजलाई कानुन संशोधन गरेर भए पनि सञ्चालनको अनुमति दिने बताए।

प्रकाशित: १९ फाल्गुन २०७७ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App