१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डाक्टर मिडिया नेटवर्कद्वारा 'डाक्साब' प्रकाशित

डाक्टर मिडिया नेटवर्कले 'डाक्साब' नामक स्वास्थ्य मासिक पत्रिका प्रकाशनमा ल्याएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमकाबिच उक्त पत्रिकाको नेपालकी जेष्ठ महिला डाक्टर सरस्वती पाध्यले सार्वजनिक गरेकी हुन्।

नेपालको स्वास्थ्य क्षेत्रका बारेमा आमसंचार माध्यममा देखिएको असावधानीलाई कम गर्नुको साथै निदानात्मक पाटोमा ब्याप्त भ्रम चिर्न पनि चिकित्सकहरुकै पहलमा पत्रिका ल्याउनु परेको नेटवर्कका संयोजक डा. सुशील ढुङ्गेलले बताए। पत्रिकामा स्वास्थ्यका कुराहरु मात्र समावेश गरिने छ।  

निकट भबिष्यमा डाक्टरहरु मिलेर आफ्नै छुट्टै अस्पताल खोल्ने समेत लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो। नेटवर्कले अनलाईन डाक्टर पसल समेत संचालनमा ल्याएको बताईएको छ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App