२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भारतद्वारा नेपाललाई अनुदानमा कोरोना खोप

भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।  

भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ।  

अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ। रासस

प्रकाशित: ७ माघ २०७७ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App