८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

खोप आउनेबित्तिकै कोरोना रोकिन्छ भनेर ढुक्क नबनौं : डब्लुएचओ

विश्व मानव समुदायले खोपलाई नै कोरोना भाइरसविरुद्धको ब्रह्मास्त्र ठानिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आश्चर्यजनक बयान जारी गरेको छ।  

डब्लुएचओको पश्चिमी प्रशान्त कार्यालयले भनेको छ– खोप नै कुनै अचूक अस्त्र होइन, जसले एक झट्कामै एक वर्षदेखि पूरै विश्वलाई प्रभावित पारिरहेको महामारीलाई अन्त्य गर्न सकोस्।’

डब्लुएचओका क्षेत्रीय निर्देशक ताकेसी कासईले भर्चुअल पत्रकार सम्मेलनमा बिहीबार भने, ‘जबसम्म भाइरस समुदायमा फैलिरहन्छ, तबसम्म हामी सबै जोखिममा हुन्छौं। ४० वर्षभन्दा कम उमेरका युवा र सामाजिक क्षेत्रमा क्रियशाील व्यक्तिले संक्रमणबाट आफैं बच्न जरुरी हुन्छ।’

उनका अनुसार सुरक्षित र प्रभावकारी खोप बनाउनु एउटा कुरा हो भने त्यो सबैसम्म सहज रूपमा पुर्याउनु दोस्रो कुरा। सुरुवाती चरणमा खोप केही मानिससम्म मात्र पुग्नेवाला छ। उच्च जोखिममा पर्ने वर्गका मानिसलाई मात्र दिइनेछ।

डब्लुएचओको भनाइको अर्थ के हो?

यो पहिले नै भनिएको कुरा हो कि खोप आउनेबित्तिकै एकाएक अवस्था सुध्रिँदैन। ताकेसीका अनुसार हामीले अहिलेको होसियारी छाड्नु हुँदैन। हामीलाई आफूलाई मात्र होइन, आफूसँग सम्बन्धित सबैलाई सतर्क राख्नुपर्छ।  

यस्तै उनले बारम्बार हात धुन, मास्क लगाउन, शारीरिक दूरी कायम गर्ने कुरामा पनि जोड दिए। संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा जाँदा निर्क सतर्क हुनुपर्ने उनको भनाइ छ।  

खोप आए पनि अवस्था फेरिँदैन त?  

यो भन्नुपर्छ, केही परिवर्तन हुनेवाला छैन। वास्तवमा बेलायत, अमेरिकालगायत विभिन्न देशमा खोप लगाउने अभियान सुरु भइसकेको छ। तर पनि खोप त्यति धेरै छैन कि सबैलाई एकैसाथ लगाउन पुगोस्।  

विज्ञका अनुसार खोपले सिर्फ शरीरलाई कोरोनासँग लड्न तयार बनाउने हो। यसको अर्थ के होइ भने भाइरस प्रसार रोकिन्छ। यसकारण डब्लुएचओले संसारका सबै सरकारलाई आग्रह गरेको छ– मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र उच्च जोखिमका क्षेत्रमा आवतजावतमा प्रतिबन्ध लगाउन नछाड्नू।

प्रकाशित: २ पुस २०७७ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App