८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

१० करोड खोप किन्दै चीनको फोसुन फर्मा

चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोरोनाविरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ।  

तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनुपर्नेछ। चीनले कोरोनाविरुद्धको खोप आफैं विकास गर्नाका साथै उत्पादन क्षमता बढाउन काम गरिरहेको छ।  

विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरूले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन्।  

सांघाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोप आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरेको जनाएको छ। यसै वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले बताएको छ।

तर बाँकी ५ करोड खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन।

फाइजर र बायोएनटेकले उत्पादन गरेको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ।  

चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा छन्। हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीले बताएका छन्।

विश्वका अन्य मुलुकमा चिनियाँ खोप वितरणका लागि चीनले सम्झौता पनि गरिरहेको छ। चिनियाँ खोपको मूल्य ६४ डलर (दुई डोज) पर्छ। एएफपी

प्रकाशित: १ पुस २०७७ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App