१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जिल्ला अस्पताललाई डिजिटल रेडियोग्राफी मेसिन

तस्बिर: नागरिक

कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसि) छाउनी काठमाडौंले जिल्ला अस्पताल खोटाङलाई डिजिटल रेडियोग्राफी मेसिन  उपलब्ध गराएको छ। स्वास्थ्य सेवालाई थप सहज र सुलभ बनाउँदै लैजाने योजना अनुसार सिसिएमसिले जिल्ला अस्पताललाई ३५० क्षमताको अत्याधुनिक प्रविधिको डिजिटल रेडियोग्राफी मेसिन उपलब्ध गराएको हो।  

गत असारमा कम्प्युटराईज रेडियोग्राफी उपकरण सञ्चालनमा ल्याइएको अस्पतालमा बिरामी भएकै ठाउँमा लैजान मिल्ने अत्याधुनिक प्रविधि सहितको डिजिटल रेडियोग्राफी मेसिन प्राप्त भएको जिल्ला अस्पताल खोटाङका प्रशासन अधिकृत रविनकुमार फुयाँलले बताए। विभिन्न प्रविधिलाई अपग्रेड गर्दै अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र सरल बनाउदै लैजाने लक्ष्यमा जिल्ला अस्पताललाई सिसिएमसिको साथ मिलेको हो। १५ शैयाको अस्पतलालाई ५० शैयाको बनाउनका लागि डिपिआर समेत भइसकेको छ।  

प्रकाशित: २४ मंसिर २०७७ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App