२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना उपचारमा रोटरीको सहयोग

मेडिकल सामग्री हस्तान्तरण गरिंदै । तस्बिर: नागरिक

कोरोना उपचार र परीक्षणका लागि विराटनगरका रोटरी क्लवहरूले १ करोड रुपैयाँ बराबरका मेडिकल सामग्री सहयोग गरेका छन्। बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी रोटरी क्लवहरूले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्।  

विराटनगरका रोटरीक्लवहरूले रोटरी इन्टरनेशनल इक्लव र रोटरी ग्लोवल ग्रान्ट प्रोजेक्टको सहयोगमा १ करोड रुपैयाँ बराबरका मेडिकल सामग्री खरिद गरी हस्तान्तरण गरेको रोटरी क्लव विराटनगरका अध्यक्ष डा. विजु थपलियाले बताए। थपलियाका अनुसार रोटरी क्लवअफ विराटनगर, रोटरीक्लव अफ विराटनगर फ्युजन, रोटरी क्लव अफ विराटनगर डाउनटाउनले विराटनगर महानगरपालिकाको आग्रहमा पीसिआर मेसिन १ थान, आरएनए एक्स्ट्राक्टर मेसिन १ थान, इन्सेनेरेटर १ थान, वेड म्याट्रेस २५ थान र भेन्टिलेटर १ थान उपलब्ध गराएका हुन्। थापाले रोटरीक्लवहरूले हस्तान्तरण गरेका सामग्रीहरू महानगरपालिकाले आवश्यकता अनुसार उपयोगका लागि सहजीकरण गर्ने छ।

प्रकाशित: १० मंसिर २०७७ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App