१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पर्वतको जलजलामा ‘एक घर एक पिसिआर जाँच’ अभियान

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । 

‘आजैबाट अभियानको सुरुवात गदैछौ,‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल गर्छु’ मल्लले भने । उनले कोरोनालाई हेलचेक्राईको रुपमा लिन नहुने बताउँदै आफूले संक्रमति हुदाँ भोगेको समस्यालाई समेत समुदायमा जानकारी गराउँदै अभियानलाई जनताको घरदैलोमै पुग्ने गरी सञ्चालन गर्ने बताए ।  

‘एउटै घरमा धेरैमा लक्षण समेत देखिन्न सक्छ,‘आवश्यकता अनुसार थप स्बाब संकलन समेत गछौं’ अध्यक्ष मल्लले भने । मंगलबार विहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन थाल्ने गाउँपालिकाले जनाएको छ।अध्यक्ष मल्ल सहित विभिन्न ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई कोरोना देखिएपछि जलजलाबासी त्रसित भएका थिए । स्वाब संकलनमा परिचालन गरिएका स्बास्थ्यकर्मीले जनस्वास्थ्यकमा मापदण्डका बारेमा समेत जानकारी गराउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

‘समुदायलाई कोरोनाको संक्रमणबाट जोगाउन पालिकाको अभियान प्रभावकारी हुनेछ,‘राजमार्गबाट आवतजावत गर्नेहरुबाट समेत जोगिनुपर्ने अवस्था छ’ शर्माले भने । हरेक घरमा एक जनाको स्बाब संकलन गरिएपनि कोरोना संक्रमितको परिवारका सबैको स्बाब संकलन गरिने छ ।  

यसअगाडी गाउँपालिकाबाट करिब ५ सय जनाको पिसिआर समेत गरिएको थियो । यसैबीच तत्काल ५ शैयाको कोरोना अस्पतला बनाएर आवश्यकता अनुसार विस्तार गरिने, होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । जलजलाका कोरोना संक्रमतिबाट म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा समेत समुदायमै फैलिने जोखिम ह्वात्तै बढेको थियो ।

प्रकाशित: ११ कार्तिक २०७७ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App