१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपीको कोभिड अस्पतालका नर्सहरु आन्दोलित, ३ घण्टा ड्युटी बहिष्कार

कोभिड उपचारमा खटिएका स्टाफ नर्सहरुलाई बेवास्ता गरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुले आन्दोलनमा उत्रिएका छन्।  

नर्सहरुले करिब ३ घण्टा कोभिड अस्पताल बहिष्कार गरेर धर्नामा बसेका थिए। त्यो अवधिमा प्रतिष्ठानको कोभिड हस्पिटल स्टाफ नर्सहरुविहीन भएको थियो। नर्सहरु क्वारेन्टिन राखिएको दिल्ली पब्लिक स्कुलअघि धर्नामा बसेका थिए। कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ड्युटी पश्चात क्वारेन्टिनमा नराख्ने, खाना नदिने र पिसिआर पनि नगर्ने भनेपछि स्टाफ नर्ससहित स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिनु परेको बताएका छन्। प्रतिष्ठान व्यवस्थापनले भोली आइतबारदेखि क्वारेन्टिनमा नराख्ने भन्दै ड्युटी पश्चान घर जान निर्देशन दिएपछि आन्दोलनमा उत्रिएका थिए।

नर्सहरु ड्युटी छोडेर आन्दोलनमा उत्रिए पछि मेट्रोन गायत्री राई धर्नस्थलमा पुगेकी थिइन्। पहिलो चरणमा छलफल सफल नभए पछि स्टाफ नर्सहरुको धर्ना लम्बिएको थियो। पछि पुनः मेट्रोन धर्नास्थलमा आएर छलफल गरेकी थिइन्। उनले विगतमा जस्तै क्वारेन्टिनमा राख्ने, खाना उपलब्ध गराउन र पिसिआर पनि गर्ने प्रतिवद्धता जनाए पछि आन्दोलन फिर्ता भएको एक स्टाफ नर्सले बताइन्। ‘हामी धर्नामा बस्दा ३ घण्टा कोभिड अस्पताल खाली भयो, पछि मेट्रोन आएर सबै पहिलाको जस्तै हुन्छ भनेपछि आन्दोलन फिर्ता भयो,’ ती नर्सले भनिन्।

प्रकाशित: ८ कार्तिक २०७७ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App