७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराए। उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन्।  

यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिए। रासस

प्रकाशित: १ कार्तिक २०७७ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App