१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण निको भएपछि फेरि कहिलेसम्म यो रोग लाग्दैन? यसो भन्छ अनुसन्धान

अमेरिकामा गरिएको एक अनुसन्धानले एकपटक कारोना संक्रमण भएर निको भएपछि शरीरमा अर्काे चार महिनासम्म त्यस भाइरसले फेरि संक्रमण गर्न नसक्ने गरी एन्टिबडी अर्थात् प्रतिरोधात्मक क्षमताको विकास हुने देखाएको छ।

अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयको वैज्ञानिक टोलीले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो। 

अमेरिकाकै राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण निको भएपछि आफ्नो शरीरमा जीवनभरका लागि एन्टिबडी बनेको दाबी पनि यो अध्ययनले गलत प्रमाणित गरेको छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमणमा परेका ३४३ मानिसलाई अनुसन्धानका लागि सहभागी गराइएको थियो। एन्टिबडी अध्ययनका लागि उनीहरूको रगतको नमुना लिएर परीक्षण गरिएको थियो। कोरोनाबाट ती संक्रमितमध्ये धेरैजसोको अवस्था गम्भीर थियो भने ९३ प्रतिशत अस्पतालमा भर्ना भएका थिए।  

उनीहरूबाट चार महिनासम्म रगतको नमुना संकलन गरी प्लाज्मा निकालिएको थियो। जसको परीक्षण गर्दा ४ महिनासम्म उनीहरूको शरीरमा इम्युनोग्लोब्युलिन जी एन्टिबडी बनिरहेको पाइएको साइन्स इम्युनोलोजी जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ। जसले पुनः संक्रमण हुनबाट बचाउने बताइएको छ।  

के भनेका थिए ट्रम्पले?  

कोरोना संक्रमणबाट मुक्त भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘वास्तवमा यो प्रतिरक्षा शक्तिबारे कसैलाई थाहा छैन। यो छोटो समयका लागि पनि रहन सक्छ। लामो समयका लागि पनि। यस्तो पनि हुन सक्छ, यो जीवनभरका लागि पनि रहन सक्छ।’

के हो एन्टिबडी?  

जब मानिसलाई कोरोना संक्रमण हुन्छ, तब शरीरमा त्यसविरुद्ध लड्ने प्रतिरोधी शक्ति बन्छ, त्यसालई एन्टिबडी भनिन्छ। जसले कोरोना संक्रमणलाई फैलिनबाट रोक्छ। शरीरमा यसको मात्रा कति छ भनेर पत्ता लगाउन एन्टिबडी परीक्षण गर्नुपर्ने हुन्छ। त्यसपछि पत्ता लाग्नेछ कि शरीरमा यो विकास भइरहेको छ कि छैन? शरीरमा एन्टिबडी बनेको छ भने थाहा हुन्छ कि तपाईं कुनै बेला कोरोनाबाट संक्रमित हुनुभएको थियो।  स्रोत : दैनिक भास्कर

प्रकाशित: २९ आश्विन २०७७ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App