९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

निको भएको २ महिनापछि आखामा पुनः भेटियो कोरोना भाइरस

फाइल तस्वीर

चीनमा ६४ वर्षीया महिलामा कोरोनामुक्त भएको २ महिनापछि आँखामा पुनः कोरोना भाइरस भेटिएको छ। भारतीय सञ्चार माध्यम दैनिक भास्करमा प्रकाशित समाचार अनुसार ती महिलालाई लगातार पाँच दिनसम्म सुख्खा खोकी र नौ दिनसम्म झाडापखालाको लक्षण देखिएको थियो।

त्यसपछि ३० जनवरी २०२० मा अस्पताल भर्ना भएकी थिइन्। उनमा ज्वरो पनि थियो। छातीको सिटी स्कैन गर्दा फोक्सोमा संक्रमणको असर देखियो। यसपछि उनको नाकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। तर यस समयमा ती महिलामा कुनै गम्भीर समस्या भने देखिएको थिएन।

१८ र २० फेब्ररीमा गरिएको परीक्षणमा महिलाको रिपोर्ट नेगेटिभ आयो। महिलालाई २० फेब्ररीमा अस्पतालले डिस्चार्ज गरिदियो। करीब ८ दिनपछि उनको आखामा दुखाई सुरु भयो। २८ फेब्ररीसम्म आखामा लगातार दुखाई बढ्दै गएपछि महिलाले आखा कम देख्न थालिन्। जब दुखाई सहनै नसक्ने भएपछि महिला फेरि अस्पताल पुगिन्।

चिकित्सकका अनुसार महिला ग्लूकोमा अटैकबाट जूझी रहेकी थिइन्। पहिला औषधिले दुखाई कम गर्न खोजियो, औषधिको कुनै फाइदा नदेखेपछि सर्जरी गरियो।

चीनको वुहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतालमा महिलाको दुई पटक सर्जरी गरियो। १४ मार्चमा दायाँ र १५ मार्चमा बायाँ आखाको सर्जरी गरियो। सर्जरीपछि लगातार आखामा दबाब बढेपछि फेरि १० अप्रिलमा सर्जरी गरियो। सर्जरीको समयमा आखाबाट लिएको टिश्यू सैम्पललाई परीक्षण गर्दा कोरोना भाइरस भटियो।

प्रकाशित: २५ आश्विन २०७७ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App