१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उपचारमा लापरबाही गरेको भन्दै डा. इवामुरा अस्पतालमा घेराउ

उपचारमा लापरबाही गरेको भन्दै भक्तपुर सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा पीडितहरुले बिहीबार घेराउ गरेका छन्। विहानदखि अहिले दिउँंसो दुई बजेसम्म पनि उनीहरु अस्पतालको घेराउमा छन्।

हिडेर अस्पतालमा इन्डोस्कोपी गर्न पुगेका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको पीडित परिवारले आरोप लगाएका छन्। चिकित्सकको हेलचक्रयाइँपूर्ण इन्डोस्कोपीका कारण मुटुमा क्षति पुगेका परिवारको आरोप छ। विरामीको अहिले अन्तिम अवस्थामा नर्भिक अस्पतालमा मृत्युसँग लड्दै भेन्टिलेटरमा उपचार भइरहेको पीडित परिवारले बताएको छ।

यसअघि डा. इवामुरा अस्पतालले विरामीको मृत्यु भयो भनेको थियो। तर अहिले उनी नर्भिकमा भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ। अस्पतालले पटकपटक यस्तो घटना दोहोर्‍याएको भन्दै घेराउ गरेको पीडितले जनाएका छन्। अहिले अस्पताल अगाडी नाराजुलुशसहित सयौं मानिस घेराउमा छन्।

प्रकाशित: १५ आश्विन २०७७ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App