पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नियमित पत्रकार सम्मेलनअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार यही अवधिमा १ हजार ५ संक्रमित भने निको भएका छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ।
यस्तै निको हुनेको जम्मा संख्या ४७ हजार २ सय ३८ जना पुगेको उनले बताए।
यसैगरी यो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको उनले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०७७ १०:४३ सोमबार