२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा दादुरा–रुबेलाका बिरामी फेला

बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला परेका छन्। पाटनमा र देहीमाण्डौमा दादुरा–रुबेलाका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पाटनमा दुई जना र दशरथचन्द नगरपालिका–२ देहीमाण्डौमा एक जना दादुरा–रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।  

देहीमाण्डौका २ वर्षीय बालकमा रुबेलाको संक्रमण देखिएको छ भने पाटन नगरपालिका–४ का ४ वर्षीय बालक र पाटन नगरपालिका–६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको उनले बताए।

दादुरा–रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोपसुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए। दादुरा–रुबेला  देखिएका ठाउँका अन्य बालबालिकाहरुमा पनि यस्तो लक्षण देखिए नदेखिएको बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन्।

खोप लगाएर पनि दादुरा–रुबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। बालबालिकाहरुलाई दादुरा–रुबेला रोगबाट बचाउन जन्मेको ९ महिनामा पहिलो पटक र १५ महिनामा दोश्रो पटक दादुरा–रुबेला खोप लगाउने गरिन्छ।

प्रकाशित: २८ भाद्र २०७७ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App